सुनखानीमा बाँध फुट्यो



मस्को, (एजेन्सी)।रुसको सुदूरपूर्वी क्षेत्र साइबेरियाको क्रस्नोयास्र्कमा एक बाँध फुट्नाले आएको बाढीले सुन खानीमा १५ जनाको मृत्यु भएको र अन्य दर्जनौं बेपत्ता भएको रुसी अधिकारीहरुले जानकारी दिएका छन्।

सीबा नदीमा बनाइएको उक्त बाँध शनिबार फुटेपछि श्रमिकहरु बसेको क्याबिन पानीमा डुबेको थियो। जाँच अधिकारीहरुले सुरक्षा नियमको उल्लंघनलाई लिएर छानबिन थालेका छन्।

क्रासनोयास्र्कको दक्षिण क्षेत्रमा हाल ८० जना बसिरहेको क्षत्रीय गभर्नर एलेक्ज्यान्डरले बताए। उक्त अस्थायी बस्तीमा बस्दै आइरहेकाहरुको संख्या १ सय ८० रहेको बताइएको छ। उद्धारकर्मीहरु उद्धारकार्यमा खतिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्