डा. अग्रवाललाई मोसो दल्ने पक्राउ

0
Shares

काठमाडौं, (नेस)।चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डीन जगदीश अग्रवाललाई कालोमोसो दल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २९ गते विजय थापाले डा. अग्रवालमाथि कालोमोसो दलेका थिए।

आफू पत्रकार भएको भन्दै समय लिएर डा. अग्रवालको कार्यकक्षमा प्रवेश गरेका थापाले लुकाएर लगेको मोसो डा. अग्रवालमाथि दलेर फरार भएका थिए। डा. अग्रवाललाई कालोमोसो दलेको भन्दै प्रहरीले महाराजगन्जबाट पक्राउ गरेको हो।

 

Skip This