इमरानको मध्यस्थता



इस्लामावाद, (एजेन्सी)।साउदी अरेबिया र इरानबीचको तनाव कम पार्ने प्रयासमा मध्यस्थताको भूमिका निर्वाह गरिरहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खान रियादका लागि प्रस्थान गरेका छन्। रियाद नेतृत्वको गठबन्धनद्वारा सन् २०१५ मा यमनमा हमला थालेको र सन् २०१६ मा प्रमुख सिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि इरान र साउदी अरेबियाबीचको सम्बन्धमा तनाव आएको हो।

गत महिना सेप्टेम्बर १४ मा साउदी अरेबियाको तेल उत्पादन केन्द्रमा भएको हमलाले यो तनाव उत्कर्षमा पुगेको छ। यसअघि खानले इरानको भ्रमणका क्रममा इरानी राष्ट्रपति हसन रुहानी र सर्वोच्च नेता आयतुल्ला अली खोमेनीसँग भेटवार्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस्