राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काद्वारा राजीनामा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए ।

नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान मानिन्छन् ।

उनले नेपाली क्रिकेटमा लामो समय उत्कृष्ट प्रदर्शन गरेरे नेपाली क्रिकेट प्रेमीको मनमा बस्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्