म छिट्टै चीन जान्छु ः देउवा



नेपाल समाचारपत्र, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँराष्ट्रपति सी जिनपिङले चीन भ्रमणका लागि निम्तो दिएको बताउँदै आफू छिट्टै चीन जाने बताउनुभएको छ।
पार्टी कार्यालय सानेपामा आयोजित चियापान कार्यक्रममा सभापति देउवाले चिनियाँराष्ट्रपति सीले आफूसँगको भेटमा कांग्रेस र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख कांग्रेस सरकारमा रहँदा पनि नेपाल–चीनबीचको मजबुत सम्बन्ध रहेको उल्लेख गरेको बताउनुभएको थियो।

शनिबार चिनियाँराष्ट्रपति सीसँग एक्लाएक्लै भेटवार्ता गर्नुभएका सभापति देउवाले भन्नुभयो– ‘नेपाल र चीन धेरै पहिलादेखि नै मैत्रीपूर्ण छिमेकी, असल दाजुभाइ र साथी भएको र भविष्यमा स्थायी र मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र त्यस्तो सम्बन्धका लागि नेपालमा कुन पार्टी सत्तामा छ भन्ने कुराले खासै अर्थ नराख्ने चिनियाँराष्ट्रपति सिले बताउनुभएको छ।’

भेटवार्तामा सभापति देउवाले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सन् १९९६ मा राष्ट्रपति जियाङ जमिनको नेपाल भ्रमण भएको सीलाई सम्झना गराएको बताउनुभएको छ।

भेटवार्ताका क्रममा कांग्रेस सभापति देउवाले नेपाल एक चीन नीतिप्रतिको सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिमा कहिल्यै पनि चीन गतिविधि गर्न नदिने  चिनियाँराष्ट्रपतिलाई अश्वासन दिएको पनि बताउनुभएको छ।
चियापान सभारोहमा चिनियाँराष्ट्रपतिसँगको आफ्नो भेटवार्ताबारे जानकारी दिँदै कांग्रेस सभापति देउवाले चीनले केरुङ–काठमाडौं जोड्न दुई सुरुङ बनाउने कुरा सकारात्मक भएको र कांग्रेसले त्यसको स्वागत गर्ने पनि बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्