अन्तर्राष्ट्रिय उडानको समय हेरफेर



काठमाडौं, (नेस)।चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल आवागमनका क्रममा शनिबार अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार शनिवार अन्तर्राष्ट्रिय उडानहरूको समय हेरफेर गरिएको छ।

शनिवार ३२ वटा अन्तर्राष्ट्रिय उडान पूर्वनिर्धारित समयमा अवतरण हुन पाएनन्। ती उडानको समय परिवर्तन गरी उडाइएको उहाँले बताउनुभयो।

यस्तै आइतवार पनि केहीबेर उडान प्रभावित हुनेछ। उहाँका अनुसार आइतवार २२ वटा अन्तर्राष्ट्रिय उडानको समय हेरफेर हुने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्