बाथरोग दिवस मनाइयो



काठमाडौं, (नेस)।बाथरोग निवारणका लागि विश्वभर नै जागरण अभियानस्वरूप हरेक वर्ष १२ अक्टोबरका दिन विश्व बाथरोग दिवस मनाउने गरिन्छ।

यस वर्ष पनि डन्ट डिले कनेक्ट टुडे भन्ने मूल नाराका साथ विश्वभर बाथरोग दिवस मनाइएको छ। नेपालमा पनि बद्रीतीर्थ आथ्र्राराटिस समाज र नेसनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा बाथरोग दिवस मनाइयो।

सन् २०१२ देखि सुन्धाराको धरहराबाट बाथरोग सम्बन्धी जनचेतनामूलक पोस्टर प्रदर्शन गरेर शुरू गरेको बाथरोग जागरण अभियान हरेक वर्ष १२ अक्टोबरका दिनमा कुनै न कुनै ठाउँमा विभिन्न जनचेतनामूलक कार्यक्रम जस्तै निःशुल्क स्वास्थ शिविरलगायत मोटरसाइकल र्याली, वाकाथन, फोटो प्रर्दशन गरेर बाथरोग जागरण अभियानलाई निरन्तरता दिँदै आएको पाइन्छ।

बाथरोग जागरण अभियानलाई निरन्तरता दिने क्रममा एक दिन मात्र नभएर वर्षभरि नै बाथ रोग जागरणका सत्र अभियानहरू सञ्चालन गर्ने समाजले जनाएको छ।

यो वर्ष नेपालको विभिन्न ठाउँमा २१ वटा निःशुल्क स्वास्थ्य शिविर १२ वटा सीएमईहरु सञ्चालन गर्ने कार्यक्रम रहेको समाजले जनाएको छ।

काठमाडौंबाहिरको विभिन्न जिल्लाका स्वास्थ्यकर्मीलाई एकदिनको बाथरोग सम्बन्धी तालिम दिने र त्यही अभियानअन्तर्गत हरेक महिना एउटा वेभ बेस्ट तालिम काठमाडौंबाहिरका जिल्लाहरूमा गर्ने योजना छ।

यस योजनाले काठमाडौंबाहिरका विभिन्न जिल्ला जहाँ बाथ रोगको उपचारका लागि जनशक्तिको अभाव छन् त्यहाँ बाथरोगका बिरामीहरुले उपचार पाउनेछन्।

यति धेरै बाथरोग जागरणका अभियानहरु भए पनि ग्रसित जनंसख्या मध्ये ५ प्रतिशत मात्र उपचारको पहुँचमा छन्। यसका मुख्य कारणहरु मानिसमा जनचेतनाको अभाव भएको समाजको ठम्याइ छ।

त्यसै गरी सहकारी निकायमा बाथरोगको उपचारको विभाग नै नहुनुले पनि धेरै बिरामी उपचारको पहँुचबाट टाढा भइरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्