प्राथमिक उपचारको टोली तयारी अवस्थामा



काठमाडौं, (नेस)।नेपाल रेडक्रस सोसाइटीले चीनका राष्ट्रपति सी जिनफिङको दुईदिने नेपाल भ्रमणलाई लक्षित गरी एम्बुलेन्स तथा प्राथमिक उपचार सेवाका लागि उपकरण र जनशक्तिलाई एलर्ट अवस्थामा राखेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुरोधबमोजिम केन्द्रीय कार्यालय कालिमाटीमा यो विशेष व्यवस्था गरिएको हो। मेडिकल पर्सन, उपकरणसहित २ वटा ख वर्गका एम्बुलेन्सहरुका साथै प्राथमिक उपचारक टोली राष्ट्रपतिको भ्रमणका २ दिन केन्द्रीय कार्यालयमा तयारी अवस्थामा रहने नेपाल रेडक्रस स्वास्थ्य विभागका उपनिर्देशक बाबुराजा बोहराले बताउनुभयो।

एम्बुलेन्स तथा प्राथमिक उपचार नेपाल रेडक्रसका नियमित गतिविधिहरु हुन र उच्च स्तरीय भ्रमणको सिलसिलामा केन्द्रीय कार्यालयमा यो विशेष व्यवस्था गरिएको हो।

प्रतिक्रिया दिनुहोस्