जुवातास खेल्ने १७ जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

बाराकाे जितपुर सिमरा उपमहानगरपालिका–१६ डकाहा गाउँ बस्ने ३२ वर्षीय मोहन साहको घरमा जुवातास खेलिरहेको अवस्थामा मोहन साह समेत ९ जनालाई नगद २८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बझाङकाे जयपृथ्वी नगरपालिका–११ धामीलेक बस्ने २२ वर्षीय खगेन्द्र जोशीको पसलमा जुवातास खेलिरहेको अवस्थामा खगेन्द्र जोशी समेत ८ जनालाई नगद ३७ हजार ८ सय रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।