अमानवीय अमेरिका



तेहरान, (एजेन्सी)।इरानले आफ्ना विदेशमन्त्रीलाई न्युयोर्कको अस्पतालमा भर्ना भएका एक कूटनितिज्ञसँग भेट्न नदिएकोमा अमेरिकाको आलोचना गरेको छ।

अमेरिकाको उक्त व्यवहारलाई अमानवीय निर्णयको संज्ञा दिएको छ। देशमन्त्री संयक्र राष्ट्र महासभामा भाग लिने क्रममा न्युयोर्क पुगेका हुन्।

अमेरिकी अधिकारीहरूले इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफलाई न्युयोर्कको एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेका राष्ट्रसंघका लागि इरानका राजदूत माजिद तख्त रवाँचीसँग भेट्न अनुमति दिएको छैन।

अमेरिको राजनीतिक मुद्दाका कारण मानवीय मुद्दालाई बन्धक बनाएको इरानले आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्