एनपीएल उद्घाटन खेल : लुम्बिनीलाई सुदूरपश्चिमको ८८ रनको लक्ष्य


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलको सामना गर्दै उक्त रन जोडे। त्यस्तै, सैफ जैबले १७ बलमा १३ रन बनाए।

उद्घाटन खेलमै सुदूरपश्चिमको ब्याटिङ अपेक्षाअनुसार चल्न नसक्दा टोली सामान्य योगफलमा समेटिएको छ। अब लुम्बिनी लायन्सले ८८ रनको लक्ष्य पछ्याउँदै प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्य राख्नेछ।