दैलेख।
दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला परेका छन् ।
भगवतीमाई गाउँपालिका–४ स्थित मनघरमा १३ र १४ वर्षीया बालिका घर नजिकैको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।
नाताले दिदी बहिनी पर्ने उनीहरू दुवै जना जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायलका अनुसार दुवै बालिका गएराति एउटै घरमा सुतेका थिए । राति घरबाट निस्किएका उनीहरू बिहान घर भन्दा केही टाढा रहेको जङ्गलमा मृत भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी टोली खटाइएको र घटना बारे विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायलले जानकारी दिए ।











प्रतिक्रिया