सडक त छ तर गाडी गुड्दैन !



लिला सुनुवार, ओखलढुंगा ।
ओखलढुंगाको सबै गाँउपालिकामा सडक सञ्जालले जोडिएको भए पनि बर्षातको बेला गाडी गुड्न नसक्दा दशैको मुखमा यात्रुहरु मारमा परेका छन् ।
ओखलढुंगाका सबै गाँउपालीका जोडिएको सडकहरु कच्ची भएकै कारण यात्रुले सास्ती खेप्नुपरेको हो । ८ ओटा स्थानिय तह रहेको यस जिल्लामा ओखलढुंगाको घुर्मी ओखलढुंगा जोड्ने सिद्धी चरण राजमार्ग बाहेक अन्य साहायक मार्गहरु अझै सम्म पक्की बन्न सकेका छैनन् । प्रत्येक गाँउपालीका मात्रै नभएर वडा वडा सम्म सडक त खनिएको छ तर सडकको स्तरोउन्नती नगरिँदा याहाँका प्राय सबै सडकहरु बर्षातको समयमा ठप्प रहन्छन ।

स्थानिय तहको पुर्नसंरचना सँगै बिकाशको मेरुदण्ड मानियको सडको दिगो बिकास हुने आशा याहाँका स्थानियहरुले राखेका थिए । ‘संघियता आयो स्थानिय तहको पुर्नसंरचना भयो तर बिकास भने अझै हुन सकेन । सडकको अवस्था त झन जस्ताको तस्तै छ ।’ खिजी देम्बा गाँउपालीका निबासी ईन्द्ध घिसिङ्घले दुखेसो पोखे ।

पक्की सडक नहुँदा स्थानीयहरुलाई वर्षातमा सधैं सम्स्या खेप्नुपर्ने बाध्यता छ ।सडकको अवस्था नाजुक हुँदा यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । ‘सडकको अबस्था नाजुक छ । कहि चिप्लो छ त कहि सडक भासिएको छ । सवारी एकातिर कुदाउन खोज्यो अर्काे तिर मोडिन्छ । सवारी चालक कर्मा शेर्पाले आफ्नो डरलाग्दो अनुभव सुनाए ।

गाँउपालिकाले सडक खन्दा दिगो बिकाशको अबधारणा लाई ब्यवास्ता गरेका कारणले पनि यहाँका अधिकांश सडक दिगो हुन नसकेको सञ्चारकर्मी नबराज कार्कीले बताए । उनी भन्छन् ‘आवश्यकता हो भन्दैमा जथाभाबी पहिरै जाने गरी जमिन भत्काएर सडक खन्न हुँदैन । दिर्घकालिन सोच रखेर सडक मर्मत र निर्माण नगरेसम्म समस्या समाधान हुँदैन ।’

यहाँका स्थानिय तहमा निर्माण गरिएका सडकहरु मर्मत गर्ने परिपाटी नभएकाले पनि सडकहरु दिगो रुपमा सञ्चालन हुन नसकेको पाइन्छ । सडक मर्मतको नाममा खनेर झन हिलो पारीएको छ । स्थानिय तहका जनप्रतिनिधीहरु दिगो रुपमा सडक मर्मत गर्नतिर भन्दापनि सडक सञ्जाल बिस्तारमै जोडतोडका साथ लागिपरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्