दृष्टिविहीन खेलाडीलाई तालीम   


न्युज अफ नेपाल, कञ्चनपुर । न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको क्षमता विकासका लागि दृष्टिविहीन क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा आजदेखि कञ्चनपुरको भीमदत्तनगरमा प्रशिक्षण कार्यक्रम शुरु गरिएको छ ।

पाँचदिने तालीमको सुदूरपश्चिम सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले उद्घाटन गर्दै फरक क्षमता भएका खेलाडीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको बताउनुभयो ।

“खेलाडीहरुको क्षमता विकास, सम्मान र प्रोत्साहनका लागि प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । प्रदेशसभाका सदस्य लालबहादुर खड्काले फरक क्षमता भएका खेलाडीहरुलाई प्रदेश सरकारले मूलधारमा ल्याई क्षमता विकास गर्ने बताउनुभयो । तालीममा कैलाली र कञ्चनपुरका ३० न्यून दृष्टियुक्त क्रिकेट खेलाडीको सहभागिता छ ।

सङ्घका अध्यक्ष अकबर जोशीले तालीम अवधिमा सहभागीलाई ब्याटिङ, बलिङ र फिल्डिङबारे प्रशिक्षण दिइने बताउनुभयो । असोज ५ गतेसम्म तालीम सञ्चालन हुनेछ ।
   रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।