गौरवका आयोजनामा ध्यान खोइ ?



संसद्को विकास समितिबाट राष्ट्रिय गौरवका आयोजनाको कामलाई तीव्रता दिन र त्यस्ता आयोजना निर्धारित समयभित्रै सक्ने प्रबन्ध मिलाउने गरी नयाँ ऐन निर्माण गर्नु जरुरी छ।

गौरवका योजनालाई सरकारबाट महत्वका साथ हेरिनु जरुरी छ। यस विषयमा सरकार अत्यन्तै गम्भीर हुनु जरुरी देखिन्छ। म सबै सांसद र सरकारलाई गम्भीर हुन अनुरोध गर्दछु।

नेपालले विभिन्न आयोजनालाई गौरवका आयोजना भनेर वर्गीकरण गरेको छ तर त्यसलाई विशेष प्राथमिकतामा राखेर काम गरेको पाइँदैन।

काम गर्न लागे पनि विभिन्न चलखेलले बीचमै रोक्ने तथा काम नहुने र भए पनि कमसल र अपूरो हुनाले यसमा समस्या आएको जस्तो देखिन्छ। यस विषयमा गम्भीर हुनुपर्यो।

– पार्वती तिमल्सिना, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्