लायन्स फुटबलमा खेलाडी दुर्घटना बीमा



नेपाल समाचारपत्र, पोखरा।लायन्स क्लब अफ पोखरा पिस सिटीले पहिलोपटक फुटबल प्रतियोगितामा सहभागी हुने लायन्स खेलाडीलाई सामूहिक दुर्घटना बीमा गराएको छ।

असोज २ गतेदेखि ४ गतेसम्म पोखरामा हुन गइरहेको छैटौं अन्तर लायन्स सेबेन ए साइड फुटबल प्रतियोगितामा सहभागी हुने लायन्स खेलाडीलाई सामूहिक दुर्घटना बीमा गराएको हो।

भाद्र २५ गते सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक कविराज पौडेल र आयोजक, लायन्स फुटबल प्रतियोगिताका संयोजक एवं क्लबका पूर्वअध्यक्ष टंकराज अधिकारीबीच सम्झौता भएको छ।

खेल सञ्चालनको क्रममा खेलाडी रेफ्री र अफिसियलका लागि रु ५ लाखसम्मको बीमा गरिएको छ।

दुर्घटनाको कारणले औषधोपचार गर्न परेमा बीमांक रकमको १० प्रतिशतले नबढ्ने गरी रु ५० हजार रुपियाँ सम्मको आवश्यक तथा वास्तविक औषधोपचार खर्च लिन सकिने इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक पौडेलले जानकारी दिनुभएको छ।

२५ टोली सहभागी हुने प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई रु ४० हजार ५ सय ५५, र रु २५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

 

प्रतिक्रिया दिनुहोस्