लोयल्टी च्याम्पियन



नेपाल समाचारपत्र, काठमाडौं।लोयल्टी एकेडेमीले दोस्रो विद्या संस्कार सिनियर ब्वाइज फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ।

अत्तरखेलस्थित आयोजक विद्या संस्कारमा भएको फाइनलमा लोयल्टीले योङहाटर््सलाई १–० गोलले पराजित गर्यो। लोयल्टीका तेन्जिङ दोर्जे तामाङले निर्णायक गोल गरेका थिए।

प्रतियोगितामा एक्सेल्सियरका धीरज जोशी खेलाडी, काठमाडौं भ्यालीका मिङमार छेवाङ तामाङ गोलरक्षक र लोयल्टीका सैलेश कर्माचार्य प्रशिक्षकमा उत्कृष्ट घोषित भए।

प्रतियोगिताभर ४ गोल गरेका योङहार्ट्सका दावा तामाङ सर्वाधिक गोलकर्ता बने। डेफोडिलले अनुशासित टिमको उपाधि हात पार्यो।

 

प्रतिक्रिया दिनुहोस्