रवन र प्रमा एसियन बक्सिङमा छनोट



नेपाल समाचारपत्र, काठमाडौं ।एसबीसी एसियन जुनियर बक्सिङ प्रतियोगिताका लागि रवन अली र प्रमा राना छनोट भएका छन्।

मंगलबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा नक्शालका रवनले बानुजका एलेव बडगामीलाई हराएका हुन्।

त्यस्तै महिला ४८ केजी तौल समूहको फाइनलमा जिमखानाकी प्रमाले दाङकी सुशिला थापालाई पराजित गरिन्।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रत्येक बाउट जितेबापत ५० हजार नगद दिने घोषणा गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्