सलिम अन्सारी, प्युठान ।
बहुविवाह गरेको मुद्दा लागेका प्युठानको गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरी आइतबारदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
गिरीविरूद्ध श्रीमती सीता केसी गिरीले बहुविवाहको उजुरी दिएकी थिइन्। सीताले गत भदौ १० गते बहुविवाहको मुद्दा दर्ता गरेकी हुन्। आफूविरूद्ध मुद्दा दर्ता भएपछि गाउँपालिका अध्यक्ष गिरी आफैं जिप्रका गएका थिए।
प्युठान प्रहरी भन्छ, ‘ उहाँ जनप्रतिनिधि हो। जिल्ला बाहिर हुनुभएको रहेछ, मुद्दा दर्ता भएपछि आफैं जिप्रका आउनुभयो।’
सीताकै उजुरीका आधारमा गिरीकी कान्छी श्रीमती अस्मिता बुढाथोकी पनि हिरासतमा छिन्। उनी भदौ २० गतेदेखि नै हिरासतमा रहेको प्रहरीले जनाएको छ।
गिरीले बहुविवाह गरेको प्रमाणित भएमा मुलुकी अपराध संहिता दफा १७५ उपदफा ४ बमोजिम एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुन छ।











प्रतिक्रिया