आइबिएमले निर्माण गरेको कोर्ष अध्ययन गर्दै इस्लिङटनका विद्यार्थी



काठमाडौं । लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको संबन्धन प्राप्त इस्लिङटन कलेजका विद्यार्थीले नेपालमै पहिलोपटक सुचना र प्रविधि क्षेत्रमा विश्वविख्यात संस्था आइबिएमले निर्माण गरेको कोर्ष अध्ययन गर्न पाउने भएका छन् । आइबिएमले इस्लिङटनमा सुचना प्रविधि अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त क्रियाकलायमा आधारित कोर्ष अध्ययन गराउन लागेको हो । सो कलेजमा अध्यनरत बिद्यार्थीले, आईबिएमकोसाइबर सेक्युरिटी, डाटा साइन्स र आर्टिफिसियल इन्टलिजेन्स सम्बन्धि कोर्स अध्ययन गरी आईबिएम सर्टिफाईड हुने अवसर पाउने छन् ।

आइबिएमद्वारा सर्टिफाईड करिब २५ शिक्षकहरुले अध्ययापन गराउने सो कोर्ष सो कलेजमा आईटीमा अध्ययनरत बिद्यार्थीलाई निःशुल्क उपलब्ध हुनेछ । तर प्रत्येक विद्यार्थीका लागि करिब ४० हजार रुपिया लाग्ने आइबिएमको कोर्षको सम्पुर्ण खर्च कलेजले नै बेहोर्ने छ । ‘सुचना प्रविधिको विषयमा थप अध्ययन गर्न र रोजगारीको सिलशिलामा स्वदेश र विदेशमा अवसर खोज्ने विद्यार्थीका लागि आइबिएमको अतिरिक्त कोर्षले थप मद्धत पुर्याउछ’–इस्लिङटन कलेजका प्रमुख कार्यकारी निर्देशक शुलभ बुढाथोकीले भन्नुभयो । उहाले अनुसार विद्यार्थीलाई आर्थिक भार नपर्नेगरी अतिरिक्त कक्षाको रुपमा आइबिएमको कोर्ष अध्यापन गर्न लागेको हो । विशेष गरी सुचना प्रविधि र सुरक्षा सम्बन्धी विषय अध्ययन गर्ने विद्यार्थीले आएबिएमले कोर्षको थप कक्षा लिदा विद्यार्थीको सुचना प्रविधि विषय अध्ययनमा थप मद्धत पुग्नेछ ।

स्नातक गर्दागदै पढाई हुने आइबिएम कोर्ष पढेपछि कुनैपनि कम्पनीमा काम गर्न महत्वपुर्ण भुमिका खेल्ने उहाको भनाई छ । यो कोर्ष सुचना प्रविधि विषयमा अध्ययन गर्दै गरेका विद्यार्थीको अतिरिक्त तीन महिना खाली समयमा पढाइन्छ । एस अन्तर्गत आइबिएमको स्किल एकेडेमीले परीक्षा लिएर उत्तीर्ण बिद्यार्थीहरुलाई प्रमाणत्र दिनेछ । आइबिएम सर्टिफाइड् भएपछि नेपाल लगायत विश्वका जुनसुकै देशमा सुचना प्रविधिको विषयमा रोजगार हुन खोज्ने विद्यार्थीका लागि महत्वपुर्ण हुने कलेजको भनाई छ । अमेरिकामा मुख्यालय रहेको आइबिएम एक बहुराष्ट्रिय प्राविधिक कम्पनी हो ।हाल यसको कारोबार १ सय ७० देशहरूमा छ । यस कम्पनीको स्थापना सन् १९११ मा भएको थियो ।

‘हामी बिध्यर्थिको शिप बिकाशको लागि, आइबिएम जस्तै, अरु संस्थाहरु संग सहकार्य गर्दै, नया नया कोर्सहरु ल्याउदै जाने छौं, बुढाथोकीको भनाई छ । २४ वर्ष अघिदेखि नेपालमै बेलायती शिक्षाको अध्ययन गर्ने अवसर दिएको इस्लिङटन कलेजले स्थापनाकालदेखि हालसम्म करिब ४ हजार विद्यार्थीले नेपाल लगायत विश्वका विभिन्न देशमा रोजगारी पाइसकेका छन् । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बाट संबन्धन लिएको छ । सुचना प्रविधि र व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहको अध्यापन गराइरहेको इस्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन अवधीमै रोजगारी पाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्