के भर्जिल उत्कृष्ट होला त ?



(एजेन्सी)
युरोपियन फुटबलको युएफा पुरुष वर्ष उत्कृष्ट खेलाडी पुरस्कार कार्यक्रम आज राति हुँदैछ । जसमा सुपरस्टारद्वय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई लिभरपुलका डिफेन्डर भर्जिल भान डिएकले चुनौती दिइरहेका छन् । गत वर्ष क्रोएसिया र रियल मेड्रिडका खेलाडी लुका मोडरिच उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यतिबेला दुई सुपरस्टार रितो हात फर्कनु परेका थिए ।

यसपटक पनि फुटबल पण्डितहरुले रोनाल्डो र मेसीको हात रितै हुने अनुमान लगाइरहेका छन् । बीबीसी स्पोर्टस्को सर्वेक्षणमा समेत भान डिएकले ७० प्रतिशत मत प्राप्त गरेका छन् । जबकी बार्सिलोनाका मेसीले १९ र युभेन्टसका रोनाल्डोले ११ प्रतिशत मत हासिल गरेका छन् ।

युएफा पुरुष वर्ष खेलाडीको पुरस्कारमा सन् २०११ देखि हेर्ने हो भने रोनाल्डोले तीन पटक (२०१४, २०१६, २०१७) जिते । जबकी मेसीले दुई पटक (२०११, २०१५) जितेका थिए । यसपटक पनि रोनाल्डोले युभेन्टसलाई सिरि ए जिताएका छन् भने मेसीले बार्सिलोनालाई ला लिगा उपाधि दिलाएका छन् । तर भान डिएकले लिभरपुललाई च्याम्पियन्स लिग उपाधि दिलाएका छन् ।

३१ जुलाई २०१८ देखि ३१ जुलाई २०१९ सम्म मेसीले क्लब र राष्ट्रका लागि ५४ गोल गरेका छन् । रोनाल्डोको भने ३१ गोल मात्रै भएको छ । मेसीको पुरस्कार जित्ने संभावना धेरै रहे पनि डच खेलाडी भान डिएकले कडा टक्कर दिन सक्ने फुटबल पण्डितहरुले सोचेका छन् । यस्तैमा लिभरपुलका मेनेजर यर्जेन क्लोपले बताए—हामीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोबारे केही पनि भन्ने छैनौ । हामीले गत सिजनको कुरा गर्ने हो भने भर्जिल उत्कृष्ट बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्