सिद्धार्थ राजमार्गको अवस्था बिजोग



सडक मानिसको व्यक्तिगत जीवन परिवर्तनदेखि समाज परिवर्तनको मुख्य अंश हो तर सडक निर्माणको स्पष्ट मापदण्ड निर्माण हुन नसकेका कारण सडकका नाममा धेरै बदमासीहरू हुने गरेका छन्। जनप्रतिनिधिहरूले यो वर्षदेखि सडक निर्माणसँगै अनिवार्य नाली र ग्राबेल सडकको रणनीति अवलम्बन गर्नुपर्ने देखिन्छ।

अहिले सिद्धार्थ राजमार्गको अवस्था निकै नाजुक देखिन्छ। बुटवल, पाल्पा, स्याङ्जा हुँदै पोखरा जोड्ने बहुचर्चित सडक चार लेनको बनाउनुपर्ने पहिलो आवश्यकता बनेको छ। मुख् तीनवटा जिल्लाका सदरमुकाम जोड्ने र धेरै जनसंख्यालाई सहज बनाएको राजमार्ग नै बिजोग छ।

बुटवलबाट पाल्पा लाग्दा सिद्धबाबा मन्दिरनेर यो राजमार्गको नाजुक अवस्था सबैले देख्न पाइन्छ। सदरमुकामको मुख्य केन्द्रदेखि १० वटा स्थानीय तहका जिल्लाका लागि मालसामान ओसारपोसार, यात्रुबाहक बस र बिरामी ओसारपोसारमा मुख्य समस्या देखा परेको छ।

राजमार्गमा ठूलो–ठूलो पहिरा आउँदा पनि सरोकारवाला निकायका व्यक्तिहरू कानमा तेल हालेर बसेको अवस्था छ। सडक डिभिजनले रकम विनियोजन त गरेको छ, महत्वाकांक्षी योजनाहरू पनि अगाडि सारिएको छ। तर पनि काम अझै हुन सकेको छैन। अझै किन जोखिम टरेको छैन ?

यस्तो समस्याले गर्दा सदरमुकाममा सवारीसाधन आवागमनमा निकै समस्या देखिएको छ। सदरमुकाम दैलेख बजारको सवारी आवागमनलाई सहज बनाउनका लागि पहिलो कर्तव्यको रूपमा पूर्वी सडक बाह्रै महिना चल्ने बनाउनुपर्दछ।

– पुण्यप्रसाद अर्याल, पाल्पा।

प्रतिक्रिया दिनुहोस्