पूर्व राजदूत झाको हत्यामा संलग्न रहेको अभियोगमा १ जना पक्राउ 



काठमाडौं । काठमाडौं महानगरपालिका-१८ थापाथलीस्थित कुरीया गाउँ बस्ने पूर्व राजदूत ८० वर्षीय केशवराज झाको हत्यामा संलग्न रहेको अभियोगमा काभ्रे पनौती नगरपालिका-१० घर भएका सानुकान्छा तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

२०७५ भदौ ४ गते राति पूर्व राजदूत झालाई हत्या गरी मारेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न झाकै घरमा सहयोगीको रुपमा काम गर्ने तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सानुकान्छा उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्