घोडाघोडीमा कटुवा पेस्तोल सहित २ जना पक्राउ



न्युज अफ नेपाल, कैलाली । घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित पूर्वपश्चिम राजमार्गबाट सोही नगरपालिका-१ बस्ने २२ वर्षीय रमेश शाही र २१ वर्षीय महेन्द्र बोहरालाई कटुवा पेस्तोल १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले से ५ प ४८८० नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिक्कीमा लुकाईछिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी चालक शाही र स्कुटरमा सवार बोहरालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्