बहु प्रतिष्ठित प्रतिस्ठान टेक्सास् इन्टरनेशनल कलेज



टेक्सास इन्टरनेसनल कलेज एक अब्बल, बहुप्रतिष्ठित शैक्षिक प्रतिष्ठान हो। यस कलेजले बहुआयामिक संस्थाका सन् २०१०देखि अध्यापन गर्दै आइरहेको छ। यस संस्थामा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायतर्फका शैक्षिक गतिविधिहरू सञ्चालन हँुदै आइरहेका छन्।

दक्ष, लगनशील अनुभवी तथा विद्वत् व्यक्तित्वहरूको संलग्नतमा शिक्षण, प्रशिक्षण गतिविधिमार्फत वर्तमान परिवेशलाई चाहिने दक्ष जनशक्ति उत्पादन लक्ष्य लिएको छ र सोअनुरूप यस कलेजले शैक्षिक र दक्ष विद्यार्थी उत्पादनमा ठूलो भुमिका खेल्दै आइरहेको छ।

टेक्सास कलेजले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय साथै स्नातक र स्नातकोत्तर तह अन्तर्गत बीएससी सीएसआइटी, बीसीए, बीबीएम, बीबीएस, बीए, बीएसडब्ल्यू र त्रिविबाट सम्बन्धनप्राप्त, एमबीएमार्फत सूचना प्रविधि, व्यवस्थापन र सामाजिक विज्ञानको क्षेत्रमा सकारात्मक भूमिका खेलेको छ।

लिंकन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त टेक्सास कलेज अफ मेनेजमेन्ट एन्ड आईटी अन्तर्गत बीबीए, एमबीए, बीआईटी, बीसीएस कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ।
यस कलेजमा आवद्ध भएका विद्यार्थीले विषय शिक्षकका साथसाथै विभिन्न संस्थामा आवद्ध प्राध्यापक तथा ख्यातिप्राप्त विद्वानहरूसँग पनि आफ्ना विचारको आदानप्रदान गर्ने विभिन्न अवसरहरू उपलब्ध गराइरहेको छ।

प्रविधिमैत्री पठनपाठनमा विषेश जोड दिँदैआएको यस कलेजले सबै विषयमा आधुनिक पद्धति अपनाएर व्यावहारिक शैलीमा पठनपाठन गराइरहेको छ।
टेक्सास कलेजले आईटीका क्षेत्रमा पनि दक्ष विद्यार्थी उत्पादन गराइरहेको छ। साथै यस कलेजले इनहाउस, कम्पनीमा विद्यार्थीलाई प्रयोगात्मक साथै प्लेसमेन्टको व्यवस्था मिलाएको छ। कलेजले सूचना प्रविधिसम्बन्धी अतिरिक्त क्रियाकलापमा विषेश जोड दिँदै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हुने सभा सम्मेलनमा विद्यार्थीलाई सामेल गराएको छ।

टेक्सास कलेजमा अध्ययनरत विद्यार्थीले आफ्नो पढाइसँगै विभिन्न सीपमूलक तथा जीवन उपयोगी शिक्षा हासिल गरेका छन्। यस कलेजबाट उत्तीर्ण विद्यार्थी नेपाल तथा विदेशका ख्यातिप्राप्त आईटी कम्पनीमा कार्यरत रहेका छन्। नियमित पाठ्यक्रमका साथसाथै कलेजले व्यावसायिक पाठ्यक्रम पनि दैनिकरूपमा प्रदान गराइरहेको छ जसले गर्दा क्ष्लमगकतचथ र ब्अबमझष्ब बीचको खाडललाई चिर्न सफल भएको छ।

टेक्सास कलेजले मुलुकका लागि व्यवस्थापन क्षेत्रमा नेतृत्व दिन सक्ने जनशक्ति उत्पादनका लागि अघि बढिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा पनि प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अगाडि बढिरहेको कलेजले व्यवस्थापनमा बजार लक्षित तथा जीवन उपयोगी शिक्षालाई विशेष जोड दिएको छ।

बीबीए, एमबीए, बीबीएम, बीबीएस, एमबीएस, कार्यक्रम सञ्चालन गर्दैआएको यस कलेजबाट उत्पादित विद्यार्थी नेपालका ख्याति प्राप्त बैंक, वित्तीय संस्था तथा सरकारी सेवामा नेतृत्वदायी भूमिकामा रहेका छन्। यस कलेजले पूर्ण मानिस उत्पादन गर्ने लक्ष्य लिएको हुँदा आत्मामा शान्ति र पाइलामा प्रगति हुने खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्