एसपि चतुर्बेदी एक्सनमा , सिराहामा धमाधम पक्राउ पर्दै लागुऔषध कारोबारी



सुभेन्द्र दास,लहान। लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन सिराहा प्रहरीले अभियान शुरु गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी उनीहरुको अभिभावकलाई सन्तानले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी दिई जिम्मा लगाउने काम गरेको छ ।

सिराहा नगरपालिका वडा नं.१७ माडर बस पार्क स्थित ई.प्र.का. माडरबाट खटीएको गस्ती टोलीले शंका लागि चेक जाँच गर्दा वतन नखुलेको बिजय कुमार पासवानको साथबाट NITRAVET ट्यावलेट १५० पिस, समेत पक्राउ गरीएको त्यसै गरि सिरँहाको औरही गा.पा. १ दरैया स्थित प्र.चौ.हर्कट्टी सिरँहाबाट खटीएको गस्ती टोलीले चेकजाँच गर्दा जिल्ला सिँराहा, लहान न.पा.१ बस्ने बर्ष २६ को मनोज प्रसाद खत्बेको साथबाट फेनारगन ५६ एम्पुल, नोर्फिन ५८ एम्पुल, डाईजेलेप ५५ एम्पुल , एक थान सिरीन्ज सहित निज मनोज प्रसाद खत्बे र बिजय कुमार पासवान समेतलाई पक्राउ गरी जि।प्र।का।सिरहामा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रबक्ता अपिल राज बोहराले जानकारी दिए । प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्बेदीले लागुऔषध सेवन गरिरहेको अवस्थामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । यो अभियानलाई निरन्तरता दिइने उनले बताए ।
पक्राउ परेकाहरुलाई प्रहरीले लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रशिक्षण दिने गरेको छ । त्यस्तै लागुऔषध कारोबारमा पक्राउ परेकालाई मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइने सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्