पत्रकार दबू चितवनको अध्यक्षमा श्रेष्ठ, सञ्चारमाध्यमको समावेशीमा जोड



चितवन, (नेस) ।
नेवा पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा कमलमान श्रेष्ठको अध्यक्षमा १३ सदस्यीय नया“ कार्यसमितिको चयन गरिएको छ ।
भरतपुरमा सम्पन्न पहिलो अधिवेशनबाट सो कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा सन्त कुमार श्रेष्ठ, सचिवमा सृजना ताम्राकार, सह सचिवमा राजेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजु श्रेष्ठ रहनुभएको छ।त्यसैगरी सदस्यहरु उमेश श्रेष्ठ, मनिसा श्रेष्ठ, सुनिल श्रेष्ठ, निशा श्रेष्ठ, विनोद श्रेष्ठ ‘ए’ साया प्रधान, विनोद श्रेष्ठ ‘बी’ अनुज जोशी हुनहुन्छ ।

अधिवेसनले ८ सदस्यीय केन्द्रिय पार्षद पनि चयन गरेको छ । त्यसमा सन्दिप श्रेष्ट, दिनेश श्रेष्ठ, मनिसा श्रेष्ठ, सुवोध श्रेष्ठ लगायत रहनुभएको छ । यस्तै अमरदेव प्रधान, इश्वर जोशी, सन्दिप श्रेष्ठ, दिनेस श्रेष्ठ र सुवोध श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ ।

दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनको प्रमुख आतित्थ्यमा भएको सो समारोहमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेस्याम खतिवडा, केन्द्रीय सदस्य श्रृजना अर्याल, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, फोनिज चितवनका अध्यक्ष सन्दिप श्रेष्ठ, फोनिजका केन्द्रीय सदस्य राजु चौधरी, प्रदेश सदस्य राजेश रुम्बा, दबुका केन्द्रीय सदस्य उत्तम श्रेष्ठ, तामाङ पत्रकार संघ चितवनका अध्यक्ष ज्ञानेन्द्र तामाङले समावेशीको सञ्चारको महत्वमा केन्द्रीत गर्दै आ आफ्नो धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्