दुई सुस्त मनस्थितिका युवतीलाई घरमै नागरिकता प्रदान



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङका दुई सुस्त मनःस्थितिका युवतीलाई घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–३ को दुर्गम थाकन गाउँका ती दुई दिदी बहिनीलाई त्यसरी नागरिकता वितरण गरिएको हो ।

थाकन गाउँका बुद्धिप्रसाद दमैका पूर्ण अपाङ्ग छोरी नरमाया परियार वर्ष २३ र भरुनी परियार बर्ष १९ लाई गाउँपालिकाको पहलमा प्रमुख जिल्ला अधिकारीसहितको टोलिले घरमा नै गएर नागरिकताको प्रमाण पत्र वितरण ।

‘नरमाया सुस्त मनःस्थिति, पूर्ण अपाङ्ग भए पनि उभिन सक्ने रहिछन्’ –प्रजिअ भट्टराईले भन्नुभयो । उहाँका अनुसार २२ की भरुनी सुस्त मनःस्थिति, पूर्ण अपाङ्ग अवस्थाकी उठ्न पनि नसक्ने, उनको हात खुट्टा केही नचल्ने भएको हुँदा सुतिरहने रहिछन् ।

ती दिदी बहिनीको अवस्था बुझेपछि उनीहरूलाई जिल्ला प्रशासन कार्यालयसम्म आउन असमर्थ छन्, त्यसैकारणले २६ वर्षसम्म पनि नागरिकता पाएका छैनन् भनेपछि हामी नै जाउन त भएर गएका हौं भन्नुभयो । उहाँका अनुसार नागरिकता वितरण हाम्रो दैनिकी र सामान्य काम कर्तव्य भए पनि त्यही काम यसरी गरिरहँदा असामान्य र गौरब लाग्यो ।

जिल्ला सदरमुकामदेखि ती दिदी बहिनीको घर २० कि मीको दुरी कच्चीबाटोबाट पाँच मिनेटको पैदल दूरीमा पर्ने मस्र्याङ्दी गाउँपालिका–३ का अध्यक्ष प्रेम बस्नेतले बताउनुभयो । उहाँका अनुसार ती दिदीबहिनीको नागरिकता बनाउनका लागि फोटो खिच्ने क्रममा उनीहरूलाई उभ्याउन नै निकै मुस्किल भएको थियो । नागरिकता वितरण गर्ने अवसरमा मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रनाउ रविन्द्रमान गुरुङसहितको टोली आएको वडाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्