विरुवा संरक्षण विधेयक स्वीकृत



काठमाडौं, (नेस) ।
प्रतिनिधिसभाको बैठकमा बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ सर्वसम्मतिले स्वीकृत भएको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले सभाको आइतबारको बैठकमा पेश गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमरेशकुमार सिंहले बिरुवा मास्ने, जङगल फँडानी गर्ने जस्ता काम बढिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

सांसद प्रेम सुवालले कृषिका बारेमा अनुसन्धान गर्न स्थापित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले उपयोगी अनुसन्धानको काम गर्न नसकेको बताउनुभयो । छलफलका क्रममा उठेका प्रश्नको जवाफमा मन्त्री खनालले नार्कले बिरुवामा लाग्ने रोगका सम्बन्धमा अध्ययन गरिरहेको जानकारी गराउँदै बिरुवा संरक्षणका लागि एकीकृत योजना बनाउने तयारी गरिएकोबताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्