धर्तीको स्वर्गको यात्रा सुरु



दयाराम पण्डित, बाजुरा ।
धार्मिक एबं पर्यटकीय दृष्टीले मनोरम मानिने बाजुराका बडिमालिका तथा बुडिनन्दा क्षेत्रको यात्रा शनिवारदेखि शुरु भएको छ । बुडिनन्दा माताको दर्संन गर्ने तिर्थालुभक्तजन सदरमुकाम मर्तडीबाट शनिवार प्रस्थान गरेका हुन् । त्यसै गरी बडिमालिका माताको दर्शन गर्ने श्रद्धालुुभक्तजन प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने सहित सरकारी टोली सदरमुकाम मार्तडीबाट आइतबार विहान प्रस्थान गरेको छ । यात्रा सफल पार्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीवललगायत आवस्यक सुरक्षा समुह पनि बडिमालिका गएको प्रजिअ न्यौपानेले जानकारी गराउनुुभएको छ ।

पञ्चे बाजा, ध्वजा, पर्गलो पुजासामग्रीसहित मालिकामाताको जयजयकार गर्दै बडिमालिका नगरवासीले प्रजिअ न्यौपानेसहितको सरकारी टोलीलाई मार्तडीबाट विदाई गरेको हो । बाजुरा, डोटी कालिकोट र जुम्लाबाट सरकारी बडिमालिका पुजाका लागि सरकारी टोली पठाउने प्रचलन छ । सोही अनुसार अन्यत्र जिल्लाको सरकारी टोली एकसाता अघि नै प्रस्थान गरिसकेको बडिमालिकाका पुजारी नेत्रराज पाध्याले बताउनुुभयो ।

बडिमालिका धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास गर्नका लागि पछिल्लो समयमा स्थानीय तहमा समेत चांसो बडेको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले वताउनुुभयो । पर्यटन विकासका लागि आवस्यक धर्मशाला निर्माण, सडक सञ्जाल र बुढा कोर्धदेखि केवुलकारसहित परिकल्पना गरी आवस्यक डकुम्यान्ट्री बनाएको नगरप्रमुख बडुवाले बताउनुुभएको छ । त्यसैगरी वातावरणीय स्वच्छताका लागि बडिमालिका क्षेत्रमा २२ वटा अस्थायी शौचालय निर्माण गरेको बताइएको छ ।

त्रयोदशीका बिहान त्रिबेणी धाममा स्नान तथा आत्मासुद्धी गरेर मात्र बडिमालिका मन्दीर जाने धार्मिक मान्यता छ । समुन्द्री सतहवाट १४ हजार फिट उचाई बडिमालिका र १६ हजार फिट उचाई बुडिनन्दा माताको पूजा वर्षेनी श्रावण शुक्ल प्रतिपदा चतुदर्शीका दिन लगाईने प्रचलन छ । बडिमालिकाको पूजा बाजुरा र कालिकोटका पूजारीले संयुक्तरुपमा पूजा लगाउने प्रचनल छ भने बाजुरा, डोटी कालिकोट र जुम्लाबाट सरकारी टोलीले पुजा गरी सकेपछि अन्य भक्तालुजनले पुजा गर्ने तिलख तोरन बांड्ने परम्परा छ ।

बडिमालिकाको पुजा गर्न डोटीवाट १५ दिन अघि बडिमालिकाका लागि सरकारी टोलीले प्रस्थान गरेको थियो । बुुडिनन्दाको पूजा भने नुरीका स्थानीय बोहरा परिवारले गर्दै आएको बुडिनन्दा नगरापालिाका–४ का वडा अध्यक्ष रामबहादुर बोहराले बताउनुुभयो ।
मालिका र बुडिनन्दा माताको दर्शन गर्नाले मनोकांक्षा पुरा हुने धनहिनलाई धन, विद्या नभएकालार्ई बिद्या र सन्तान विहिनलाई सन्तान प्राप्त हुने धार्मिक मान्याता र आस्थाकै कारण देश विदेशबाट दर्शन गर्न आउनेको श्रद्धालुजनको घुुइँचो लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्