काठमाडौं विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी



काभ्रे, (नेस)  ।
काठमाडौ विश्वविद्यालयमा उपकुलपति डा. रामकण्ठ माकजु र रजिस्टार डा. सुबोध शर्माको कार्यकक्षमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले आईतबार तालाबन्दी गरेको छ ।
विश्वविद्यालयमा भईरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले भ्रष्टाचारमा संलग्नलाई आवस्यक छानविन गरी कारवाही गर्न माग गर्दा पनि विश्वविद्यालय प्रशासनले कुनै प्रकारको कारवाही नगरी भ्रष्टाचारमा संलग्नलाई संरक्षण गरेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सूचना तथा प्रसारण विभाग जस्ता संवैधानिक निकाय साथै विश्वविद्यालयलाई लामो समयदेखि सहयोग गरिरहेका जस्ता आरोप लगाइएको छ ।

विभिन्न डोनर एजेन्सीबाट विश्वविद्यालयमा भईरहेका नीतिगत र आर्थिक भ्रष्टाचारका विषयमा विश्वविद्यालयसंग पटकपटक जानकारी र स्पस्टिकरण मागेको, सार्वजनिक संचार माध्यममा विश्वविद्यालयमा भईरहेका अनियमितता बारेमा विगत केहि समयदेखि लगातार समाचार प्रेसित भईरहँदा पनि विश्वविद्यालयको आधिकारिक धारणा व्यक्त नभएको भन्दै तालाबन्दी गरेको काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले बताउनु भयो ।
काठमाडौं विश्वविद्यालय ऐन २०४८ र शिक्षक तथा कर्मचारी सेवा शर्त नियम, २०५० चौधौं संशोधन मा भएका विभेदकारी प्रावधानहरु हटाई उक्त ऐन तथा नियमहरुलाई सम्वन्धित सबै पक्षको सहभागितामा संसोधन गर्ने, विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरुको नियुक्ति, नियमित बृति विकास, प्रोत्साहन सम्वन्धमा आवस्यक नीति, नियम निर्माण गरी लामो समयसम्म एउटै पदमा कार्यरत साथै करार÷अस्थायी सेवाका प्राध्यापक तथा कर्मचारीहरुको विषय सम्बोधन गर्नेलगायतका सहमति पूरा नगरेको बताइएको छ ।

विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको अवस्थामा गुणस्तर अभिबृद्धिका लागि आवस्यक योजना निर्माण गरी कार्यान्वयन गर्ने, विश्वविद्यालय सभा तथा कार्यकारी परिषद्मा शिक्षक प्रतिनिधिको छनोट तथा मापदण्ड प्राध्यापक आफैंले निर्माण गर्न पाउनुपर्ने, काठमाडौं विश्वविद्यालयमा कार्यरत प्राध्यापक र कर्मचारीका पेशागत संगठनलाई मान्यता दिई विश्वविद्यालयको संगठनात्मक ढाँचामा समावेश गर्ने लगायतका सहमति पुरा नगरेको महासचिव डा.विकास अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्