७४ लाख जरिवाना असुल गर्ने लक्ष्य



किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला अदालतले चालु आर्थिक वर्ष २०७६÷०७७ मा ७४ लाख १३ हजार ६ सय ३० रुपैया जरिवाना असुल गर्ने लक्ष्य लिएको छ । अदालतका श्रेष्तेदार किरनकुमार सिहका अनुसार चालु आर्थिक वर्षमा ७४ लाख १३ हजार ६ सय ३० रुपैया जरिवाना असुल गर्ने लक्ष्य राखिएको छ ।

यस्तै गत आर्थिक वर्षका जिम्मेवारी सरी आएका ४० थान मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको छ । यस्तै यस वर्ष १ सय ३० थान नयाँ मुद्धा दर्ता हुने अनुमान गरिएको छ, भने १ सय ५ थान मुद्धा फछर्यौट गर्ने लक्ष्य लिइएको उहाले जानकारी दिनुभयो ।

यस वर्ष २ सय ७१ दिन कार्यदिन हुने अदालतले अनुमान गरेको छ । यसै वर्ष १२ थान फैसला कार्यान्वयन निवेदन फछर्यौट गर्ने लक्ष्य लिएको छ । दार्चुला जिल्ला अदालतले यस वर्ष १ सय २२ वर्ष ४ महिना १५ दिन कैद असुली गर्ने लक्ष्य लिएको छ ।

२०४५ साल अघिको कर्तव्य ज्यानको २० वर्ष कैद असुल गर्न बाकी रहेको तथा जिम्मेबारी सरी आएको १ सय ६६ वर्ष १८ दिन यस वर्षको नयाँ ३३ वर्ष ११ महिना २६ दिन गरी २ सय वर्ष १४ दिन कैद असुली गर्न बाकी रहेको श्रेष्तेदार सिहले जानकारी दिनुभयो ।

यसैगरी २ लाख ९५ हजार २५ रुपैया जिम्मेबारी सरी आएको तथा १ करोड ९४ लाख २७ हजार १ सय २० रुपैया यस वर्षका गरी १ करोड ९७ लाख २२ हजार १ सय ४५ रुपैया जरिवाना असुली गर्न बाकी रहेको उहाले बताउनु भयो । जिम्मेबारी सरी आएका १ सय ६६ वर्ष १८ दिन तथा यस वर्षको नयाँ ३३ वर्ष ११ महिना २६ दिन गरी २ सय वर्ष १४ दिन कैद मध्ये ११ वर्ष ५ महिना २७ दिन कैद फछर्यौट गरिएको उहाले बताउनु भयो ।

यस्तै जिम्मेबारी सरी आएको तथा यस वर्षको नयाँ गरी १ करोड ९७ लाख २२ हजार १ सय ४५ रुपैया जरिवानामध्ये १ लाख ९७ हजार ९१ रुपैया जरिवाना असुल गरिएको उहाको भनाइ छ । अदालतले यस वर्ष १ सय १३ वटा आन्तरिक मिसिल निरिक्षण गर्ने, ४ वटा अर्धन्यायिक निकाय, ९ वटा न्यायिक समिति र १ कारागार निरीक्षण गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्