हराएको खाग खोज्न प्रहरी महानिरीक्षको निर्देशन



काठमाडौ । काटेश्वरको एउटा होटलमा खाग तस्कर प्रहरी बीच कुटाकुट भएपछि हराएको एउटा खागको बिषयलाई लिएर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

खागको बिक्रिकालागि कोटेश्वरको होटल ग्रिनवल्र्डमा बसेका खाग तस्करलाई समात्न गएका प्रहरी र तस्करबीच कुटाकुट भएपछि प्रहरी घाइते भएपछि तस्करहरु भाग्न सफल भएका थिए ।

भाग्ने क्रममा खसालेको एउटा खाग हराएपछि खाग समात्न गएका अमृत थापा शंकाको घेरामा परेका छन । उनी घाइते अवस्थामा फेला परेपनि खाग हराएको भन्ने उजुरी प्रहरीमा परेको कारण उनी छानवीनको दायरामा तानिएका हुन ।

काठमाडौ प्रहरीले उक्त घटनालाई गोप्य राख्न खोजेपनि खाग तस्करहरुले भने उक्त घटना मिडिया सामु ल्याइदिएपछि अहिले यसले अर्कै मोड लिएको छ ।

उक्त काण्डका बारेमा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले घटनाको बारेमा छानवीन गर्न महानगरीय प्रहरी परिसर काठमाडौलाई आदेश दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्