सिक्री लुटपाट गर्ने गिरोह पक्राउ



काठमाडौ । बिगत केही दिन यता राजधानीमा महिलाको घाटीमा लगाएको सिक्रि लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले यसरी लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौको बसुन्धरा ललितपुरको २ ठाउंबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा टमबहादुर सुनुवार, टलकबहादुर रायमाझी, भारतीय नागरिक देवासिस दोहलही रहेका छन ।

पीडितबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा.२९ प ७२७६ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने सिक्री १ थान, सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेट समेत अभियुक्त टमबहादुरको कोठाबाट प्रहरीले बरामद गरेको छ ।

उनीहरूले १० जना भन्दा बढी महिलाले घाँटीमा लगाएका सुनका सिक्री लुटी विक्री गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्