सेरेना सबैभन्दा बढी कमाउने खेलाडी


न्युयोर्क, (एजेन्सी)
विश्वका सर्वाधिक कमाउन गर्ने महिला खेलाडीको सूचीमा ३७ वर्षीया टेनिस खेलाडी सेरेना विलियम्स शीर्ष स्थानमा रहेकी छन् । फोब्र्सले सार्वजनिक गरेको सो सूचीमा शीर्ष ११ सम्म टेनिस खेलाडीकै बाहुल्यता रह्यो । अमेरिकाकी सेरेनाले गएको वर्ष २९.२ मिलियन डलर कमाएकी थिइन् ।

२३ ग्रान्डस्लाम उपाधि जितेकी उनले खेलेर भन्दा पनि विज्ञापनले बढी कमाएकी हुन् । उनले पुरस्कारबाट ४.२ मिलियन आर्जन गर्दा विज्ञापनबाट २५ मिलियन डलर कमाएकी छिन् । यसै जापानकी नम्बर एक टेनिस खेलाडी नाओमी ओसाका दोस्रो स्थानमा छिन् । उनले १६ मिलियन अमेरिकी डलर कमाएकी छिन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।