नोवेल विजेताको निधन



वासिंगटन, (एजेन्सी) ।
विश्वकै सबैभन्दा प्रतिष्ठित नोवेल पूरुस्कार विजयी अमेरिकी लेखिका टोनी मोर्रीसनको ८८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले मंगलवार केहि दिन बिरामी परेपछि उनको निधन भएको पुष्टि गर्दै गहिरो समवेदना प्रकट गरेको छ ।

एघार वटा उपन्यास लेखेकी उनले सन् १९९३ मा साहित्यका लागि नोवल पुरुस्कार जितेकी थिइन् । उनको पहिलो उपन्यास दि ब्ल्युएस्ट आइ सन् १९७० मा प्रकासित भएको थियो । उनको नोवेल पूरुकार विजयी ‘ बिलोविद ’ नामक उपन्यास एक अफ्रिकी अमेरिकी दासीको जीवनमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्