एसियामा क्षेप्यास्त्र तैनाथ



सिडनी (एजेन्सी) ।
एसियामा चीनको बढ्दो प्रभावलाई ध्यानमा राखी नयाँ इन्टरमिडिएट रेन्जका क्षेप्यास्त्र तत्काल तैनाथ गर्न चाहेको अमेरिकाले जनाएको छ । शुक्रबारबाट अमेरिका इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्सेज (आईएनएफ) सन्धीबाट औपचारिक रुपमा बाहिरिएको थियो ।

अमेरिकी रक्षा मन्त्री मार्क एस्परले क्षेप्यास्त्रलाई लिएर अमेरिकाको क्षेप्यास्त्रलाई लिएर चीनले कुनै आश्चर्य हुन नपर्ने बताए । यद्यपी उनले ती क्षेप्यास्त्र तैनाथ कहाँ हुन्छ भन्ने विषयमा बताएको छैन । एस्पर हाल एसियाको भ्रमणमा छन् । यस विषयमा पहिला देखि नै कुरा उठिरहेको र क्षेप्यास्त्र तैनाथमा ८० प्रतिशत हिस्सा आईएनएफ रेन्ज सिस्टमको हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्