सगरमाथा आरोही महर्जनलाई पत्रकार दबूको सम्मान



ललितपुर । नेपाल र तिब्बतबाट सगरमाथाको चुचुरोमा पाईला टेकेर किर्तिमान कायम गर्नुभएका सगरमाथा आरोही एवं पत्रकार कल्पना महर्जनलाई नेवाः पत्रकार राष्ट्रिय दबूले सम्मान गरेको छ ।

ललितपुरमा आयोजित एक समारोहकाबीच उहाँलाई सम्मान गरिएको हो । पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले सगरमाथा आरोही महर्जनलाई खादा ओढाई सम्मानपत्र प्रदान गर्नुभयो।

गत जेठ ९ गते पत्रकार महर्जनले तिब्बतबाट सगरमाथाको चुचुरोमा पाईला टेकेर पत्रकार राष्ट्रिय दबूको लोगोसहितको झन्डा फर्हफराउनुभएको थियो । पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष नृपेन्द्रलाल संयोजकत्वमा भएको सो समारोहमा पर्वतारोहण व्यवस्थापन कम्पनी एक्स्पेरियन्स आउटडोर्स नेपाल प्रा.लि इमाडोलका निर्देशक रवीन्द्र महर्जनले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्