मेस्सीलाई अन्तर्राष्ट्रिय गेम खेल्न तीन महीना प्रतिबन्ध



काठमाडौँ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई तीन महिनाका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न प्रतिबन्ध लगाइएको छ । उनलाई राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लागेको हो ।

कोपा अमेरिकामा अर्जेन्टिना पराजित भएपछि उनले प्रतियोगिता नै ‘भ्रष्ट’ भन्दै टिप्पणी गरेका कारण प्रतिबन्ध लगाईएको हो ।

दक्षिण अमेरिकी फुटबल संघले उनी माथि ५० हजार डलर जरिवाना पनि लगाइएको छ ।

प्रतिबन्धका कारण मेस्सीले सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने छन् । तर मेस्सीले क्लब फुटबल भने निरन्तर खेल्ने छन् ।
तीन महिनाको प्रतिबन्धमा परेका मेस्सीले आफूमाथिको सजायविरुद्ध आगामी एक साताभित्र अपिल भने गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्