चीनको चिनख्वामहानगर र ललितपुर महानगरबीच सहकार्य हुने



न्युजअफ नेपाल, ललितपुर । ललितपुर महानगरपालिका र चीनको चिनख्वा महानगरपालिका बीच शैक्षिक, आर्थिक, सांस्कृतिक,व्यापारिक तथा प्राविधिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । चीनको चिनख्वा महानगरपालिका र ललितपुर महानगरपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने आसयपत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा उक्त सहमति भएको हो ।

उक्त आसयपत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र चिनखुवा महानगरपालिकाका प्रमुख ख्वाङ्ग चीन छावले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा उपस्थिति विदेशी पाहुनालाई नगर प्रमुख महर्जन र उपप्रमुख गीता सत्यालले खादा र टोपी लगाएर स्वागत गरेका थिए ।

नगर प्रमुख महर्जनले दुई सहरबीचको यो सम्बन्धले चीन र नेपालबीचको परापूर्वकाल देखिको सम्बन्धमा नयाँ आयाम थपिने बताए । यो भगिनी सम्बन्धले दुई देशको सम्बन्धमा प्रगाढता आउने महर्जनले बताए ।

शैक्षिक, आर्थिक, सांस्कृतिकलगायतका क्षेत्रमा यो सम्बन्धले एक आपसमा सिक्ने र सिकाउने सघाउने नगर प्रमुख महर्जनको दाबी छ । उनले दिगो विकासकालक्ष्यले निर्धारण गरेका क्षेत्रमाउपलब्धिगर्न सहयोग पुग्ने बताए ।

चीनकोचिनख्वामहानगरपालिकाकाप्रमुखख्वाङ चीन छावले दुबै सहरको समृद्धि र विकासकालागि यो हस्ताक्षरपछिको सम्बन्धकोशेढुंगा सावितहुने बताए । यसले दुबै देशकामहानगरबासीनागरिकको जीवन सुखीहुने बताए ।उनले ललितपुर प्राचीन र कलाको सहर भएको बताउँदै ललितपुरले आफूलाई आकर्षित गरेको बताए । ललितपुरले धेरै पर्यटकलाई आकर्षित गरेको बताउँदै यहाँ आउँदा आफूलाई आफ्नै घर आएको महसुश भएको बताए ।

चीनको चिनख्वा महानगरपालिकाका आर्थिक रुपले शसक्त मानिन्छ । कृषि वनजन्य उत्पादन तथा प्रशोधन केन्द्र,मासु, डेरीजन्य पदार्थ,मौरी पालन,विद्युतीय उपकरण लगायतका उद्योगमा पनि यो महानगर अग्रणी रहेको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन, वडा न ३ काअध्यक्षश्रीगोपालमहर्जन, सूचनाअधिकारी रुद्र गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, महानगरपालिकाका सल्लाहकार केदारभक्त श्रेष्ठ,ज्यापू समाजका अध्यक्षचन्द्र महर्जन लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्