कैलाश मानसरोवर घुम्न आउने पर्यटकको संख्यामा वृद्धि



सरस्वति न्यौपाने, रसुवा । चार महिनाको अवधीमा रसुवागढीको बाटो अपनाएर कैलाश मानसरोवर घुम्न आउने यात्रु १० हजार दुई सय २३ जना रहेका छन् ।

अध्यागमन कार्यालय रसुवागढी को अनुसार अप्रील , मे , जुन ,जुलाइ अवधिभर भारतिय नागरिक महिला तथा पुरुष र अन्य मुलुक का विदेशी पुरुष तथा महिला गरि यतिका संख्याको मानसरोबर पुगेका हुन् ।यस नाका भएर मानसरोबर पुग्न सस्तो पर्ने भएका कारण भारतिय सहित अन्य देशका मानिसको बढ्दो चाप रहेको छ ।

पौराणिक कथन अनुसार भगवान शिव लगाएत ब्रहमा, देवगण , मरिचि , रावण , भस्माशुर आदीले यहाँ तपस्या गरेको भन्ने विश्वासका कारण जसले गर्दा हिन्दु , बौद्ध र जैन धर्मालम्बी ले पवित्र धार्मिक स्थलका रुपमा लिएर मानसरोवर कैलाश यात्रा सुरु भएको हो ।करिब ६ हजार ७ सय १४ मिटर र परिधि ४३ कि.मि. मा पर्दछ ।यस स्थलमा व्यास , भीम , कृष्ण आदीले समेत यात्रा गरेको ठाउँ हो ।किम्बदन्ती अनुसार शंकराचार्यले यही प्राण त्यागेका थिए मेरु सुमेरु सुवुम्ना हेमाद्री देवगण आदी पर्वतले सञ्जित मानसरोवर पर्वत प्राकृतिक छटाको भण्डार हो ।

यस्तो महत्व बोकेको यस भुमिमा पुगेर मरण हुन पाउ भनि बढी भारतिय नागरिक त्यस तर्फ जाने गरेको अध्यागमन प्रमुख विष्णु घर्तिले बताए ।

प्रतिक्रिया दिनुहोस्