पोखरीमा डुबेर १ बालकको मृत्यु



सुनसरी । सुनसरीमा एक बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा ईनरुवा नगरपालिका ७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबास रहेका छन् ।

शुक्रबार दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्न गएका अर्पण डुबेर बेहोस भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पुरयाईसकेपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्