कर्णालीका स्थानीय तहमा नागरिक सन्तुष्टि सर्वेक्षण गरिने



कालीवहादुर मल्ल, सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहहरुमा नागरिक सन्तुष्टी सर्वेक्षण गरिने भएको छ । ‘सक्रिय जनता जवाफदेही गाउँपालिका/नगरपालिका(सजग)’ कार्यक्रम अन्तरगत युरोपियन युनियन हेल्भेटास नेपालद्धारा सञ्चालित पाँच दिने सूचनाको हक तथा सामाजिक जवाफदेहिताका औजारहरु सम्वन्धि तालिम पछि नागरिक सन्तुष्टी सर्वेक्षण गरिने भएको हो ।

यस्तै असोज महिनाभित्र आव २०७४/०७५ महालेखापरिक्षकको कार्यालयले वेरुजु अशुल गर्न निर्देश दिएको बजेटको सूचनमा माग गर्ने, आव ०७६/०७७ को वार्षिक बजेट सोध खोज सर्वेक्षण र आव ०७५/०७६ को खर्च सोध खोज गर्ने कार्यक्रम रहेको छ ।

कालिकोट, दैलेख, जाजरकोट र मुगु जिल्लाका पत्रकार तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता रहेको तालिममा सार्वजनिक सुनुवाई, बजेट सोधखोज,सूचनाको हक, स्थानीय तहको काम कर्तव्य अधिकार र सुशासनका सम्वन्धमा प्रशिक्षण दिईएको थियो ।

तालिमले कर्णाली प्रदेशका चारवटा जिल्लाका १६ स्थानीय तहमा सुशसान कायम गर्न सहयोग पुग्ने अपेक्षा राखेको हेल्भटास सजग परियोजना कार्यत्रमका संयोजक सिल्पा कुवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्