नक्कली नोटसहित १ पक्राउ



कैलाली । कैलालीमा नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरी रहेका छन् ।

गोप्य सुचनाका आधारमा एक हजारका १७ नक्कली नोट दिएर पाँच सय दरका नोट साट्न लागेको उनलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीको साथबाट एक हजारका थप ४ वटा नोटसहित २१ वटा नक्कलीनोट बरामदगरिएको प्रहरीले जनाएको छ ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्