मोटरसाइकल दुर्घटनामा परी १ को मृत्यु



इटहरी । इटहरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । इटहरी धरान सडकखण्ड अन्तर्गत चारकोशे झाडीमा भएको दुर्घटनामा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

को २९ प ४१९५ नम्बरको मोटरसाइकल ना २ च ६६८९ नम्बरको जीपमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृतकको सनाखत हुन नसकेको बताउदै घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्