लागुऔषध गाँजासहित १ महिला पक्राउ



महेश सिंह महतो । श्रावण १७ सिरहा ।सिरहाको गोलवजारमा प्रतिबन्धित लागुऔषध सहित एक वयापारी महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको गोलवजार नगरपालिका १२ बस्ने ४६ बर्शिय सिया कुमारी महतो लाई लागुऔषध १ केजि ५०० ग्राम गाँजा सहित एक वयापारी महिला पक्रउ परेको हो ।

विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलवजर बाट ११ बजे नविन कुमार घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खोज तलास गर्दा निजले लुकार्ई छुपाई राखेको कागजको पोका ३७ थान,प्लाष्टिकको झोला २ थानमा राखेको १ केजि ५०० ग्राम गाँजा र ३ हजार ४ सय ४४ रुपैया बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महतोलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता अपिलराज वोहराले बताए ।

प्रतिक्रिया दिनुहोस्