भवन नहुँदा पाल टाँगेर सुत्न बाध्य डोटीका प्रहरी



विमल विष्ट, डोटी, साउन । सुन्दा बिस्वास नलाग्नसक्छ जनताको शुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरु आफनो सुत्ने भवन नहुँदा राती पाल टागेर सुत्न बाध्य छन् भन्ने कुरो तर यो यर्थाथ हो ।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका प्रहरीहरु वर्षौ देखी पालमुनीको साहरामा रात बिताउन बाध्य भएका छन् । जिल्लामा वर्षौ पहिलो निर्माण भएको भान्सा घर संगै प्रहरी कर्मचारीहरु पालटागेर कोचाकोच गरेर रात बिताउन बाध्य भएका छन् । राती पानी पर्दा होस वा दिउँसोको चर्को घाममा प्रहरीहरु पालको साहरामा दिन रात बिताउन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा डिएसपी तथा प्रहरी निरिक्षक समेत सुत्ने कोठा नभएका कारण डिएसपी सहित अन्य केही प्रहरी अधिकृतहरु जिल्ला प्रशासन कार्यालयको चौकीदार बस्न निर्माण गरिएको भवनमा गएर वर्षौ देखी रात बिताउन थालेका छन् । व्यारेक नहुँदा प्रहरी कर्मचारीहरुलाई राती सुत्न समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएपी लालबहादुर धामीले बताउनुभयो । “प्रहरी सुत्ने व्यारेक भवन छैन,म सहित,ईन्सपेक्टर सावहरु जिल्ला प्रशासन सुत्छौ”,उहाँले भन्नुभयो–“अन्य प्रहरी कर्मचारीले भान्सा कोठामा सुत्नु परेको छ ।”

लामो समय देखी भान्सा कोठालाई व्यारेक भवन बनाएर प्रहरीहरु रात बिताउन बाध्य भएका छन् । राती ठुलो पानी पर्दा प्रहरीहरु पाल,पलाष्टिक ओढेर सुत्नु पर्ने अवस्था आउने गरेको प्रहरी कर्मचारीको गुनासो छ । यतिमात्र नभई जिल्ला प्रहरी कार्यालय डोटीमा महिला सुत्ने व्यारेकपनि निर्माण गरिएको छैन । महिला व्यारेक नहुँदा महिला प्रहरीहरुको अर्काको घरमा रहेको डेरामा बास हुदै आएको छ ।

आफनो सुत्ने व्यारेक भवन नहुँदा कतिपय प्रहरीहरु दिनभरी डिउटी गरेर राती साथीभाई तथा आफन्तको घर तथा कोठामा गएर सुत्नु पर्ने अवस्था सृजना भएको बताईएको छ । दिनभरी डिउटीमा खटिएका प्रहरीहरु राती सुतन नपाउदा नरकिए जिवन भएको बताउछन् । जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी सुत्ने व्यारेक भवन नभएको जानकारी सबै तहमा भएपनि भवन बनाउन पहल कसैलेपनि नगरेको प्रहरी कर्मचारीहरुको गुनासो छ । उनिहरु भन्छन् “निरिक्षणमा आउदा सबै हाकीमले हाम्रो अवस्था हेरेर जानुहुन्छ तर पहल कसैले गर्नु हुन्न,दिनभरी काम गर्दा राती सुखले आराम गर्न नी मिल्दैन ।”

जिल्ला प्रहरी कार्यालयमा कुल ७० जना प्रहरी कर्मचारीहरु भान्सा कोठालाई सुत्ने व्यारेक बनायर कोचाकोच गरेर रात बिताउने गर्छन् । त्यस्तै बिसं २०५१ सालमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय डोटीको कार्यालय भवन पनि जिर्ण अवस्थामा रहेको छ । उक्त भवनमा डिएसपी तथा ईन्सपेक्टर बस्ने कार्यालय कक्ष समेत नहुँदा दिनमा काम काज गर्नपनि समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउछन् । करिब ७ कोठाको निर्माण गरिएको उक्त भवनमा एक महिला,एक पुरुष हिरासत,एक एसपी अफिस तथा एक सञ्चार शाखाका लागि गरी ४ कोठा छुट्टयाईएको छ भने अन्य ३ कोठाहरुमा डिएसपी देखी अन्य दर्जाका प्रहरीहरु मिलेर काम काज चलाईरहेका छन् ।

प्रहरी प्रधान कार्यालय बाट तिन वर्ष पहिले भनव निर्माणका लागि निर्देशन भई बजेट आएपनि उक्त भवन बझाङ जिल्लामा बनाउने भन्ने हेडक्वाटरको अर्को आदेश भएपछि डोटी प्रहरीको समस्या जिउका तिउ रहेको बताईएको छ । यो वर्ष प्रहरीको योजना बाट भवन बनाउने बजेट आउन सक्नेमा डोटी प्रहरी निकै आसा बादी भएका छन् ।

“यो वर्ष भवनका लागि बजेट आउने कुरो भएको छ,बजेट आए हाम्रा समस्या हल हुनेछन्” प्रहरी प्रबक्ता तथा डिएसपी धामीले भन्नुभयो, “व्यारेक भवनका लागि माग गरेका थियौँ, बजेट आउछ होला ।” जिल्लाका ग्रामिण क्षेत्रमा रहेका प्रहरीका भवनहरु सुधार भएपनि जिल्ला प्रहरी कार्यालयको भनव तथा व्यारेकको अवस्था भने कहिल्यै सुधार हुन सकेन । यतिमात्र नभई डोटीमा जिल्ला प्रहरी प्रमुख (एसपी) बस्ने निवास पनि छैन । आफनो भवन नहुँदा जिल्ला प्रहरी प्रमुखले नगर बिकास समिति डोटीको भनव लामो समय देखी निवासका रुपमा प्रयोग गर्दै आउनु भएको छ ।

जिल्ला प्रहरी कायाृल्य संग प्रयाप्त मात्रामा जमिनपनि नभएकाले प्रहरीको आन्तरिक तालिम लगायतका अन्य शुरक्षाका तालिम गर्नपनि निकै समस्या भएको बताईएको छ । चौकीदार वस्न निर्माण गरिएको भवनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकारीहरु बस्न थालेपछि जिल्ला प्रशासन कार्यालयको शुरक्षार्थ खटिने चौकीदारलाई बास बस्न समस्या हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्