केन्द्राध्यक्षको लापरबाहीः विद्यार्थीको लक्ष्य नै चौपट

कसले दिन्छ क्षतीपुर्ती ?



मनोज भट्ट, महेन्द्रनगर । राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को परीक्षा गत बैशाखमा भयो । जसको नतिजा केही दिन अगाडि मात्र सार्वजनिक भएको छ । देशका हजारौँ केन्द्रबाट कक्षा १२ को परीक्षामा लाखौँको संख्यामा विद्यार्थीहरु सहभागी भए ।

स्वभावित रुपमाः परीक्षा दिएपछि विद्यार्थीहरुमा कस्तो नतिजा आउँछ भन्ने कौतुहतता हुन्छ । कक्षा १२ को परीक्षा उर्तिण गरेपछि उच्च शिक्षा पढेर आफ्नो लक्ष्यमा पुग्ने ब्यग्र प्रतिक्षामा विद्यार्थी हुन्छन् । उसो त, परीक्षा दिएका विद्यार्थी आफ्नो नतिजाको प्रतिक्षामा रहन्छ । त्यसमध्ये कोहीले सोचे जस्तो नतिजा पाउन सक्दैनन् । कोही सोचे भन्दा राम्रो नतिजा निकाल्दछन् ।

नतिजा राम्रो आएका विद्यार्थी निकै दंग हुन्छन् , किन कि उनिहरु आफ्नो लक्ष्य प्राप्तीको एक खुड्किलो माथी पुगेका हुन्छन् । राम्रो नतिजा नलिएर विद्यार्थीहरु भने निकै तनावमा हुन्छन् । यसको अर्थ विद्यार्थीहरु नतिजालाई लिएर निकै सोचमा हुन्छन् , किन कि नतिजासंग उनिहरुको जीवनको लक्ष्य जोडिएको हुन्छन् । एक बर्षको आहात मेहनतले परीक्षामा सहभागी भएका विद्यार्थीको नतिजा बिग्रीयो भने उनिहरुलाई कस्तो होला ? सोचौँ त ।

आफुले नै परीक्षामा सहभागी नभएर नतिजा नआउनु त अर्को कुरा भयो । तर एक बर्षको मेहनतले दिएको परीक्षामा केन्द्राध्यक्षको लापर्बाहीले दिएको उत्तर पुस्तिका नै गायब पारिएपछि नतिजाको पर्खाइमा रहेको विद्यार्थीलाई कस्तो होला ? सोच्नै नसकिने अवस्था छ । कञ्चनपुरमा एउटा यस्तै घटना घटेको छ । महेन्द्रनगरस्थित महेन्द्र माध्यमिक विद्यालय (साधारण) मा अध्ययनरत इन्दु धामीसंग यस्तो घटना घटेको छ ।

महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयमा उनको परीक्षा केन्द्र परेको थियो । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा इन्दु पनि सहभागी थिइन । उनि महेन्द्रनगर माध्यमिक विद्यालय साधारणमा बिज्ञान बिषय लिएर आफ्नो पढाइ गरिरहेकी थिइन । उनले बैजनाथ माध्यमिक विद्यालय केन्द्रबाट पहिलो, दोस्रो दिन परीक्षा दिइन । तेस्रो दिनको परीक्षा उनको रसायन शास्त्रको रहेको थियो । उनी उक्त केन्द्रबाट सबै बिषयको परीक्षामा सहभागी भइन ।

उत्तरपुस्तिका गायब

कक्षा १२ को परीक्षामा सहभागी भएकी इन्दु नतिजाको प्रतिक्षामा थिइन । यसैमा उनको नतिजा पनि सार्वजनिक हुन्छ । राम्रै नतिजा ल्याएर माध्यमिक शिक्षा पुरा गरी आफ्नो जीवनको लक्ष्य प्राप्तीको खुड्किला माथी जाने योजनामा रहेकी इन्दुलाई नतिजाले काल्पनिक भविष्यबाट एकै छिनमा भुइँमा पछारिदिन्छ । उनको परीक्षा नतिजा नराम्रो आएको होइन ।

सबै बिषयको परीक्षामा सहभागी भएकी इन्दुलाई ठुलो बज्रपात प¥यो । उनको नतिजामा पास वा फेल आएन की बरु परीक्षा रद्ध गरिएको आयो । पुरै बिषयमा सहभागी भएकी इन्दुको यस्तो नतिजा आउनुको मुख्य जड केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक हुन । उनीहरुको लापर्बाहीले इन्दुको एक बर्ष खेर गएको छ । बैजनाथ माध्यमिक विद्यालयका केन्द्राध्यक्ष टपेन्द्र भट्ट र निरीक्षक रामसिंह भण्डारी लगायत परीक्षा नियन्त्रकका जिम्मेवार व्यक्तिको लापर्बाहीले गर्दा इन्दुको रसायनशास्त्रको उत्तरपुस्तिका हराएर नजिता नै पुरै बिग्रीएर एक बर्ष खेर गएको छ ।

‘परीक्षा दिएको रसायनशास्त्रको कपी नै हराएको छ ।’ इन्दुले भनिन्, ‘केन्द्राध्यक्ष, निरीक्षक लगायतको लापर्बाहीले गर्दा एक बर्ष खेर गयो । मैले दिएका परीक्षा नै रद्ध भयो ।’

केन्द्राध्यक्ष, निरीक्षकको यस्तो लापर्बाही

इन्दुको रसायनशास्त्रको परीक्षाको दिन परीक्षा केन्द्रको कक्षामा ७ जना रसायनशास्त्र र २२ जना अर्थशास्त्र बिषयका परीक्र्षी थिए । उनले पनि रसायनशास्त्रको परीक्षा दिइन । तर उनको उत्तरपुस्तिका केन्द्राध्यक्ष, निरीक्षक, सह–केन्द्राध्यक्ष कसैले पनि भेटाएनन । पछि इन्दुले उत्तरपुस्तिका घर लगेको भन्दै उनिहरुले हचुवाको भरमा मुचुल्का तयार पारेर राष्ट्रिय परीक्षा बोर्ड पठाए ।

जसमा केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, निरीक्षक , प्रहरीको सहभागी रहेको थियो । उत्तरपुस्तिका घर लगेको खण्डमा पुरै बिषयको परीक्षा रद्ध गरिएको मानिने र अर्को बर्ष परीक्षा दिनु पर्ने व्यवस्था रहेको छ । तर बैजनाथ माध्यमिक विद्यालयका केन्द्राध्यक्ष टपेन्द्र भट्ट, निरीक्षक रामसिंह भण्डारी लगायत परीक्षा नियन्त्रक संयन्त्रका जिम्मेवार व्यक्तिहरुले भने चरम लापर्बाही गरेका छन् । इन्दुको उत्तरपुस्तिका नपाएपछि उनि तथा उनको विद्यालयलाई खबर गर्नुको सट्टा केन्द्राध्यक्ष भट्ट र निरीक्षक भण्डारी लगायत अन्य परीक्षा नियन्त्रक संयन्त्रका कर्मचारीहरुले भने त्यो कुरालाई वेवास्ता गर्दै हचुवाका भरमा मुचुल्का उठाएर विद्यार्थीको भविष्यमाथी खेलबाड गरेका छन् । उत्तरपुस्तिका घर लगेको बनाए पुरै परीक्षा नै रद्ध हुने प्रावधानका बिज्ञ रहेका ती प्राज्ञहरुले आफ्नो वुद्धि नै गुमाएर काम गरेको देखिन्छ । रसायनशास्त्रको उत्तरपुस्तिका गायब भएपछि अन्य बिषयको परीक्षामा सामेल नहुनदिनु पर्ने तथा खबर गर्नु पर्ने भएपनि केन्द्राधयक्ष, निरीक्षकले भने केही नगरेको इन्दुले बताइन ।

‘उत्तरपुस्तिका घर लगेको मुचुल्का बनाए, परीक्षा रद्ध भएर एक बर्ष खेर गयो । विद्यालय तथा मलाई पनि खबर गरेनन् । उनले भनिन्, ‘अनय विषयमा पनि सामेल हुन नदिनु प¥थयो ।’

वि.स. २०७१ सालमा लालमणी पाण्डेय प्रधानाध्यापक रहेको बेला समेत बैजनाथ माध्यमिक विद्यालयमा एक परीक्षार्थीको उत्तरपुस्तिका हराएको थियो । त्यस बखत प्रधानाध्यापक लालमणी पाण्डेयलाई लापर्बाही गर्दै विद्यार्थीको जीवनमाथी खेलबाड गरेको भन्दै विद्यार्थी संगठनहरुले कालोमोसो दलेर बजार परिक्रम गराएका थिए । त्यस बेला भने उत्तरपुस्तिका हराएका आदर्शका विद्यार्थी तथा विद्यालयलाई सो बारे जानकारी गराएको थियो । सोही घटनाबाट प्रताडित भएर हालका नेतृत्वपङ्तिले समेत इन्दुको घटना बाहिर नल्याएको एक पक्षको तर्क छ ।

जानकारी लिदा….

आफ्नो छोरीको नजिताका बारे परीक्षा केन्द्र रहेको बैजनाथ माध्यमिक विद्यालयमा जानकारी लिँदा इन्दु र उनकी आमालाई शिक्षकले हप्काएका छन् । छोरीको नतिजाका बारे के हुन्छ भनेर बुझदा बैजनाथ माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण भट्टले हप्काएको इन्दुले बताइन ।‘यो हामीसंग सम्बन्धित होइन, तपाईहरु बाहिर जानुस् भनेर हामीलाई हप्काउने काम भयो । ’उनले भने, ‘आफैले गल्ति गर्ने, अनि बुझ्न खोज्दा पनि हप्काइ खाइयो ।’

‘बोर्डको कमजोरी’

इन्दुको परीक्षा रद्ध हुनुमा विद्यालय प्रशासन दोषि नभएर राष्ट्रिय शिक्षा बोर्डले नै कमजोरी गरेको दाबी विद्यालय प्रशासनको रहेको छ । ‘हाम्रोबाट केही गल्ति भएको छैन । यो राष्ट्रिय परीक्षा बोर्ड कै कमजोरी हो ।’ एक जना शिक्षकले भने ।

प्रतिक्रिया दिनुहोस्