नेकपा रुपन्देहीमा विभाग गठन र जिम्मेवारी बाँडफाँड



यमलाल भुसाल, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटीका विभागहरु गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँड गरेको छ । एक सय ७५ सदस्यीय जिल्ला कमिटीमा ५७ सदस्यीय सचिवालय समेत गठन गरिएको छ ।

पार्टीको बैठकले सचिवलाय गठन, विभागहरु गठन, जनसंगठन तथा भूगोलको जिम्मेवारी, निर्वाचन क्षेत्र (प्रतिनिधि सभा र प्रदेश सभा) अन्तर्गतका इन्चार्ज र पार्टी कार्यकर्ताको सदस्यता नवीकरण (लेवी)सम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले क्षेत्रीय इन्चार्जहरुमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा यज्ञ गैरे, २ मा तेजेन्द्र केसी, ३ मा हितराज पन्थी, ४ मा गुलाम अली र ५ मा नरबहादुर थापालाई जिम्मेवारी दिइएको छ ।

यस्तै ती क्षेत्रीय कमिटीका सचिवहरुमा क्रमशः गोविन्द पंगेनी, हुमानाथ न्यौपाने (सुदीप), प्रेम गुरुङ, शिवचन यादव र भोला बस्याल रहेका छन् । बैठकले स्कुल विभाग प्रमुखमा पार्टीका अध्यक्ष शिवराज सुवेदी, संगठन विभाग प्रमुख नारायण जिसी (निर्मल), कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख गोपाल राना, उपप्रमुख मिनप्रसाद पौडेल, सतिशचन्द्र कसौधन र कमला थापा सदस्य रहेका छन् । यस्तै अर्थ तथा योजना विभाग प्रमुख मिनप्रसाद पौडेल र उपप्रमुखमा मनोज राना, प्रचार विभाग प्रमुख मोहन चापागाइँ, र उपप्रमुखमा यम राना, सहकारी विभाग प्रमुख ऋषि सापकोटा र उपप्रमुख शिव घिमिरे, स्थानीय तह विभाग प्रमुख चित्रबहादुर कार्की, उपप्रमुखमा हरिप्रसाद अधिकारी, खेमप्रसाद लुइँटेल, रामप्रसाद रेग्मी र सदस्यमा विना राना, जमुना लम्साल र उमा काफ्ले लाई जिम्मेवारी तोकेको छ ।

यस्तै विभाग अन्तर्गतै सामाजिक सेवा (कल्याण) विभागको प्रमुखमा खेमप्रसाद लुइँटेल र सदस्यमा महेन्द्र भुसाल, कानुन विभाग प्रमुखमा खुमाकान्त पौडेल, उपप्रमुखमा पशुपति भण्डारी, उद्योग व्यवसाय विभाग प्रमुखमा गोपाल राना र उपप्रमुखमा जगत पोखरेल र अजयकुमार श्रेष्ठ, शिक्षा तथा मानव स्रोत विभागमा युवराज घिमिरे उपप्रमुखमा विष्णु ढकाल र युगल पाण्डे, कृषि तथा भूमि सुधार विभागमा अयोध्या थारु र उपप्रमुखमा रामु साहनी, वन तथा वातावरण विभागमा वेद गिरी र उपप्रमुखमा सन्दिप चापागाइँ, सांस्कृतिक विभागमा प्रेम गुरुङ र उपप्रमुखमा चन्द्रबहादुर घर्तीचयन भएका छन् ।

यस्तै पर्यटन प्रवद्र्धन तथा नागरिक उड्यन विभाग प्रमुखमा बासुदेव घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास निर्माण विभागमा जागेश्वरदेवी चौधरी, युवा तथा खेलकुद विभाग प्रमुखमा ध्रूव आचार्य र उपप्रमुखमा विकास ज्ञवाली, जलस्रोत तथा खानेपानी तथा सरसफाई विभाग प्रमुखमा यज्ञ गैरे र उपप्रमुखमा चक्रपाणी तिवारी र प्रजापति सापकोटा, उपभोक्ता हीत तथा आपुर्ती विभागमा बिमला पन्थी र उपप्रमुखमा उमा काफ्ले, श्रम तथा रोजगार विभाग प्रमुखमा जलिल मिया तथा उपप्रमुखमा तेजप्रसाद सेन्चुरी र स्वास्थ्य तथा विज्ञान प्रविधि विभागको प्रमुख शिव घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

यी विभागहरुमा उपप्रमुख र सदस्यहरुसमेत राखिएको छ । जिल्ला अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा, पार्टी केन्द्रीय सदस्य रुपन्देही जिल्ला इन्चार्ज तथा प्रदेश सरकारका मन्त्री लिला गिरी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्