अपहरणको नाटक गर्ने दुई युवा पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज । अपहरणमा परेको नाटक गर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
पर्सा विन्दवासिनी गाउँपालिका ४ मधुवलका २३ वर्षीय उपनेस चौरसिया र २१ वर्षीय सनुप दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

उपनेसले मंगलबार भारतको रक्सौलस्थित श्याम इन्टरनेशनल होटलमा बसी सनुपलाई वीरगन्ज पठाएर अपहरण भएको हल्ला फैलाएको प्रहरीले बताएको छ ।

उपनेससँग उनका गाउँकै साथीहरु उत्तम भन्ने निरंजन तिवारी र एजाजुल मियाँसमेत रक्सौल पुगेका थिए । उनीहरु होटेलको कोठा नम्बर ५ मा बसेका थिए । र, त्यहीबाट उपनेसले सनुपलाई बोलाएर अपहरणमा परेको नाटकको योजना बनाएको प्रहरीको जनाएको छ ।

उनीहरुले गरेको नाटकका विषयमा थप अनुसन्धान जारी  रहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्